काठमाण्डु – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरेर मंगलबार दिनभर इजलासमा सन्दीपको बयान चलेको थियो।
सन्दीपविरुद्ध मुलुकी अपराध संहित ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।
थुनछेक बहस भोलि पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ।




प्रतिक्रिया