काठमाडाैँ- विराट कोहली र एवी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ठ ब्याट्म्यान हुन्। तिनै उत्कृष्ठ ब्याट्सम्यानहरुलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आइपीएल) मा ‘डेब्यु’ गरे।
पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज साह कोलटामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दिपलाई बलिङमा उतारेको थियो। पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दिपले २ रन मात्र खर्चेका थिए।
उनले दोश्रो ओभरमै विकेट लिँदै आफ्नो डेब्युलाई सनसनी बनाएका खबर आजको कान्तिपुर दैनिकमा खबर छ। सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे।




प्रतिक्रिया