पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

आयोगले आइतबार म्यामोग्राफी मेसिन खरिदमा झुटा बिल बिजक बनाएर भ्रष्टाचार गरेको आरोपमा मिश्र सहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा.श्रवणकुमार थापा, निर्देशक डा. विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा.सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्रलगायतलाइ प्रतिबादी बनाएर मुद्दा दायर गरिएकाे हो ।

आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको प्रमाणित भएको छ ।

मेसिनका केही एक्सेसरिज मात्रै पहिलो चरणमा आएको अवस्थामा तत्कालीन महानिर्देशक मिश्राको निर्णयमा १३ करोड ३७ लाख ८३ हजारको भुक्तानी गरिएको आयोगको भनाइ छ । आयोगले ठेकेदार कम्पनी र विभागका पदाधिकारीबीच मिलेमतो गरी कागजात झुट्टा बनाएर पेश गरिएको प्रमाण भेटिएको जनाएको छ ।

केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।