काठमाडौं – सरकारले संघमा समायोजन भएका ६७६ सहसचिवको पदस्थापना गरेको छ। पदस्थापन गर्ने क्रममा अधिकांश यथास्थानमै रहेको र केहीको सरुवा भएको छ।
सरकारले यसअघि ५७ सचिवको पदस्थापना संघमै गरिसकेको छ। पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले केही सहसचिवलाई सरुवा गर्दै अधिकांशलाई हाल रहेकै स्थानमा पदस्थापन गरिएको मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी प्रदेश ५ का स्थानेश्वर गौतम र सहसचिव तुलसी सेढाईँलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै गृहमन्त्रालयका तारानाथ अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।




प्रतिक्रिया