सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – सानिमा बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।  सानिमा बैंक लिमिटेडले आज शुक्रबारका दिन १६औंवार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको  हो ।

विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयर धनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १०प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७६-७७मा १.७८अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति.१२६.३१अर्ब, कुल निक्षेप ११०.१०अर्ब तथा खुद कर्जा सापटी ९३.६९अर्ब रहेको छ । आर्थिक वर्ष २०७५-७६को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१प्रतिशतले वृद्धि गरेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटिएम संचालनमा रहेका छन् ।