काठमाण्डु – सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पौष १६ गत आजेदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको हो ।
सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याब्लेट, ल्यापटप र कम्युटरबाट पनि चलाउन सकिने बैंकले जनाएको छ ।
नयाँ भर्जनको साथमा, सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि,सेवाहरुको लाभ उठाउन सक्नेछन् ।
साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानीगर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु प्नि प्रयोग कर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।
हलका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतःअद्यावधिक हुनेछ । स्वतःअद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् । साथै, वेब ब्राउजरमा चलाउन https://sajiloebanking.sanimabank.com/df मा लगइन गर्न सकिनेछ ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टरर ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।




प्रतिक्रिया