शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने सानिमा बैंकको घोषणा

शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने सानिमा बैंकको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सानिमा बैंकले शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।  भदौ १६ गते सम्पन्न संचालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। 

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । 

सानिामा वैंकले अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा १४ प्रतिशत नगद प्रतिशत लाभांश वितरण गरेको थियो । 

बैंक सञ्चालक समिति बैठकले बैंकको चुक्ता पूंजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयांबाट ८० करोड १ लाख २५ हजार ५४४ रुपैयांको बोनस र ८८ करोड ४३ लाख ४६ हजार ७५९ रुपैयां नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सानिमा वैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा दुई अर्ब २४ करोड १५ लाख रुपैयां वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयां ४ पैसा रहेको छ।