काठमाण्डु – पिपुल्स हाइड्रोपावरको शेयर निष्काशनको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनीले लमजुङ्गमा निर्माण गर्न लागेको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको र सो मा लगानी गर्न आवश्यक स्वपुँजी समेत लगानीगर्न आफ्नो जारी पूँजी दुई अर्व पचहत्तर करोड मध्ये ८२ करोड पचास लाख बराबरको रु.१० अंकित दरको ८२,५०,००० कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
सो क्रममा सानिमा क्यापिटलका तफृबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राजचालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम असोज २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।
कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) माबहने दोर्दी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७० प्रतिशत सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।




प्रतिक्रिया