माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि देउवा प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।

राष्ट्रपतिमा निर्वाचनका लागि १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका रहेकाले नेताहरूको भेटघाटले तीव्रता पाएको छ । आज बिहान मात्र प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिका विषयमा छलफल भएको थियो ।