मन्त्रीले ४ महिनामै हटाएका संजीव बराल फेरि बने सिँचाइ विभागको महानिर्देशक

मन्त्रीले ४ महिनामै हटाएका संजीव बराल फेरि बने सिँचाइ विभागको महानिर्देशक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा संजीव वराल फेरि नियुक्त भएर आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ४ महिनाअघि हटाएका संजीव वराल फेरि विभागको महानिर्देशक भएर आएका छन् ।

मन्त्री खड्काले महानिर्देशक बनाएका देवराज निरौलालाई ४ महिनामै विभागबाट सरुवा गरिएको छ । मन्त्री खड्काले व्यक्तिगत स्वार्थमा दिएका निर्देशन नमानेको भन्दै उनको सरुवा भएको मन्त्रालय स्रोत बताउँछ ।

मन्त्री खड्काले ठेक्कापट्टामा समेत अनावश्यक चासो राख्ने गरेको आरोप उनीमाथि छ । ४ महिनामै डीजी भएर आएका वराल एमालेनिकट हुन् । उनलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको सिफारिसमा ल्याइएको मन्त्री निकट स्रोतको दाबी छ ।

मन्त्री खड्कालाई यसअघि वरालको सरुवा नगर्न दबाब थियो । तर प्रधानमन्त्रीको चीन भ्रमणको बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनका सल्लाहकार रिमाल जहाज चढेपछि मन्त्री खड्काले वराललाई विभागको महानिर्देशकबाट हटाएका थिए ।

अहिले विभिन्न ठेक्कापट्टामा सेटिङ गरेको, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन चलखेल गरेको भन्दै विवादमा आएका मन्त्री खड्काले वराललाई फेरि विभागको महानिर्देशकमा ल्याएका छन् । वराल एमाले सत्तामा हुँदा लाभ लिने कर्मचारीमा पर्छन् । उनी एमालेकै बलमा सधैं आकर्षक ठाउँमा सरुवा हुने गरेका छन् ।

सहसचिव वरालले विभिन्न मन्त्रीको सचिवालय हुँदै भेरी बबई डाइभर्सन आयोजना र बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको रूपमा समेत काम गरेका थिए ।