कोरोना भाइरस : संक्रमण सुरु भएपछि चीनमा पहिलो पटक शून्य मृत्यु

कोरोना भाइरस : संक्रमण सुरु भएपछि चीनमा पहिलो पटक शून्य मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनमा कोरोना भाइरस (काेभिड -१९) बाट मृत्यु शून्य भएको छ । गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएपछि मृत्यु शून्य भएको यो पहिलो पटक हो । यद्यपि नयाँ संक्रमित हुनेको संख्या भने ३२ रहेका छन् । यी सबै विदेशबाट आएकाहरुमा देखिएको हो ।

विश्वभरीमा कोभिड–१९ बाट हालसम्म १३ लाख २ हजार ४२१ संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनले जनवरीदेखि यो विषयमा तथ्यांक प्रकाशित गर्न सुरु गरेको थियो । यसपछि पहिलो पटक यो घातक भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।

बेइजिङका एक स्वास्थय अधिकारीले बेइजिङमा बचाउ तथा नियन्त्रण कार्यलाई छिट्टै रोक्ने कुनै आशंका नभएको बताएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता फेङले सोमबार मीडियासँगको कुराकानीमा भाइरसबाट संक्रमित भएर आउने मानिसको संख्या १००० सम्म पुगेको छ । चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएकाले यस्तो भएको उनले बताए ।