संक्रमणकालीन न्याय : दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गृहकार्य सुरु

संक्रमणकालीन न्याय : दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गृहकार्य सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन गठित दुई आयोगका पदाधिकारीको छनोट छिट्टै गर्ने भएको छ । १० वर्षे माओवादी द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानबिन गरी दोषीलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिसम्बन्धी आयोगमा पदाधिकारी चयन छिट्टै गर्ने विषयमा गृहकार्य सुरु भएको हो । दुवै आयोग गत चैतदेखि पदाधिकारीविहीन छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा बनेको सिफारिस समितिले आउँदो ८ असोजमा पदाधिकारीका लागि आवेदन दिने सबैको नाम सार्वजनिक गर्ने जनाएको छ । आउँदो ८ असोजमा बस्ने बैठकले आवेदन दिएका ५७ जनाको नामको विषयमा उजुरी आह्वानका लागि पत्रिकामार्फत पाँच दिने सूचना निकाल्ने तयारी गरेको सिफारिस समितिका प्रवक्ता शर्मिला कार्कीले जानकारी दिइन् । पाँच दिने उजुरी आह्वानपछि आवेदकको विषयमा छानबिन हुनेछ । त्यसपछि सिफारिस समितिले दुई आयोगका लागि १० जनाको नाम सिफारिस गर्ने प्रवक्ता कार्कीले बताइन् ।

गत २१ मार्चको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । सो समितिमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीसमेत रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की सदस्य रहेका छन् । याे खबर राजधानी दैनिकमा छ ।