संकटमा सार्क


काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ सन् १९८५ को डिसेम्बरमा औपचारिक रूप लिएको क्षेत्रीय सहयोग संगठन हो । मूलतः नेपाल तथा बंगलादेशका तत्कालीन राष्ट्र प्रमुखबीच पारस्परिक सहयोगका विषयमा भएको सहमतिपश्चात् यस क्षेत्रकै साझा हितमा काम गर्ने संगठनको आवश्यकता महसुस गरी यसको स्थापना भएको हो ।

नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान गरी सात संस्थापक सदस्य रहेको यस संगठनमा अफगानिस्तानले सन् २००५मा प्रवेश गरेपछि यसको सदस्य संख्या आठ पुगेको थियो । हालसम्म १८ वटा शिखर सम्मेलन सम्पन्न भइसकेको यस संगठनको ९–१०नोभेम्बर , २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा आयोजना हुने तय भएको १९औं शिखर सम्मेलन भने हालसम्म हुन सकेको छैन ।

स्थगित भएको तीन वर्ष भइसकेपनि हालसम्म सो सम्मेलनको अर्को मिति तय हुन सकेको छैन । स्मरणीय छ, अर्को सम्मेलन नभएकै कारण सन् २०१४ को १८औं शिखर सम्मेलन आयोजक नेपाल नै हालसम्म सार्कको अध्यक्ष रहेको छ । कुनै एक सदस्य राष्ट्रले सहभागी हुन असमर्थता जनाएमा मात्र पनि शिखर सम्मेलन स्थगित हुने प्रावधान रहेको कारण विगतमा पनि बेलाबेलामा शिखर सम्मेलन स्थगित नभएका होइनन् । तर, १९औं शिखर सम्मेलनको हकमा भारत–पाकिस्तान सम्बन्धमा आएको कटुताको कारण भारतले सम्मेलनमा सहभागी हुन असमर्थता जनाएको र उसकै पछिपछि अन्य केही सदस्य राष्ट्रले समेत सम्मेलनमा सहभागिता नजनाउने जानकारी गराएका कारण शिखर सम्मेलन स्थगित भएको थियो ।

सार्क स्थापनाको उद्देश्य यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सामूहिक प्रयास गर्ने, सदस्य मुलुकको सामूहिक अस्तित्व सुदृढ बनाउने, पारस्परिक विश्वास, समझदारी र सहयोगको भावनामा अभिवृद्धि गर्ने, आर्थिक सामाजिक, सांस्कृतिक प्राविधिक र वैज्ञानिक क्षेत्रमा सहकार्य गर्ने, अन्य विकासोन्मुख मुलुकस“गको सम्बन्ध सुदृढ बनाउने तथा यस्तै उद्देश्यका साथ स्थापित अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनस“ग सहकार्य गर्दै यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने हुन् ।

यसका लागि कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति, जनसंख्या, बालकल्याण, ग्रामीण विकास, पर्यटन, यातायात, प्रविधिलगायत सहयोगका विभिन्न क्षेत्र तोकिएका छन् । सहयोगका विभिन्न क्षेत्रको पहिचान र विभिन्न केन्द्रको स्थापना गरिएको छ । समयसमयमा आयोजना हुने शिखर सम्मेलनमा यिनै विषयमा छलफल गर्ने र संगठनलाई नया“ गति दिने प्रतिबद्धता पनि दोहो¥याउने गरिएको छ । राजधानी दैनिकमा विनोद नेपालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement