क्यानडामा संकटकाल घोषणा, यस्तो छ कारण

क्यानडामा संकटकाल घोषणा, यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – क्यानडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो ।कोलम्बियामा मंगलबार राती ठूलो आँधी आएको थियो । आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए ।

आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।