संखुवासभामा पहिलोपटक डेंगु भेटियो

संखुवासभामा पहिलोपटक डेंगु भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभामा पहिलो पटक पाँच जनामा डेंगु देखा परेको छ ।

अहिलेसम्म जिल्ला अस्पताल खाँदबारीमा दुई जना, तुम्लिङटारको मनकामना अस्पतालमा दुई जना र खाँदबारीमा नै रहेको गोपालभगत अस्पतालमा एक जनालाई डेंगु देखिएको पुष्टि भएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।

केही समयअघि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाएको नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको जिल्ला अस्पताल खाँदबारीका सुपरिन्टेण्डेन्ट लक्ष्मण खड्काले बताए ।

त्यसपछि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका खाँदबारी–८ घर भएका ३० वर्षीय सुनील श्रेष्ठलाई समेत डेंगु देखिएको उनको भनाइ छ ।

साथै घरबाट बाहिर टाढा नगएका खाँदबारी–९ का नारायण लम्साल र संगीता मगरलाई समेत डेंगु देखिएको हो । उनीहरुलाई तुम्लिङटारको मनकामना अस्पतालमा चेकजाँच गर्ने क्रममा डेंगु रहेको पत्ता लागेको हो ।

त्यसैगरी सदरमुकाम खाँदबारीमा नै रहेको गोपालभगत अस्पतालमा खाँदबारी–३ मानेभञ्जाङ्गकी उषा श्रेष्ठलाई डेंगु देखियो ।

डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । विशेषगरी गर्मी मौसम र गर्मी ठाउँमा देखिने गर्छ ।

सुरुमा टाउको दुख्ने, सामान्य ज्वरो आउने, वान्ता हुने, पसिना आउने, हाडजोर्नी, मांशपेशी र नसाका साथै आँखाका गेडीहरु दुख्ने जस्ता भाइरलका लक्षणहरु नै देखापर्ने डा. खड्काको भनाइ छ ।