काठमाण्डु – संखुवासभा हत्या प्रकरणका आरोपी पक्राउ परेका छन् । प्रहरीले हत्या आशंकामा स्थानिय एक जनालाई पक्राउ गरेको हो ।
गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।
उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले हत्यारा कार्की परिवारको नजिकको नाता पर्ने व्यक्ति भएको बताए । उनले सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अपराध स्वीकार गरेको बताए ।
यसअघि प्रहरीले घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको अनुमान गरेको थियो । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले तयारी गरेकाे छ ।




प्रतिक्रिया