संखुवासभा सामूहिक हत्याकाण्ड: ४ जनालाई आजीवन कैद

संखुवासभा सामूहिक हत्याकाण्ड: ४ जनालाई आजीवन कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेकामध्ये ४ जनालाई आजीवन कैद सजाय तोकिएको छ।

जिल्ला अदालत संखुवासभाले हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । एक नावालक प्रतिवादीको हकमा भने २५ वर्षको दुई तिहाई कैद सजाय सुनाइएको छ।

२०७८ भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो।

सो प्रकरणमा प्रहरीले २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय नरेश कार्कीलाई नियन्त्रणमा लिएको थियो। नरेश र रणबहादुर कार्की लोकबहादुरका भाइ र बुबा हुन्। जसमा बालक भनिएक नरेशलाई करिब १६ वर्ष कारावासको फैसला भएकाे छ ।