काठमाण्डु – बलिउड अभिनेत्री सन्नी लियोनी काठमाण्डु आएकी छन् ।
शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।
यसपटक उनको चौथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न १:३० बजे अवतरण भएको थियो ।
क्यासिनोले बिहीबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।




प्रतिक्रिया