प्रतिनिधि सभाको संशोधन राष्ट्रिय सभाबाट सर्वसम्मतिले अनुमोदन

प्रतिनिधि सभाको संशोधन राष्ट्रिय सभाबाट सर्वसम्मतिले अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधि सभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएकोे जानकारी गराए ।

मन्त्री पाण्डेले अभिलेखहरूको महत्त्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढंगले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभाको अर्को बैठक साउन १५ गते मंगलबार दिउँसो १ः१५ बजे बस्नेछ ।