राष्ट्रियसभाको रिक्त दुई संसदीय समितिको सभापतिका लागि मनोनयन दर्ता

राष्ट्रियसभाको रिक्त दुई संसदीय समितिको सभापतिका लागि मनोनयन दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-राष्ट्रियसभाको दुई संसदीय समितिको सभापतिका लागि आज मनोनयनपत्र दर्ता भएको छ ।

भदौ २६ गते प्रकाशित निर्वाचन कार्यक्रमअनुसार रिक्त दुई संसदीय समितिको सभापतिका लागि मनोनयनपत्र दर्ता भएको हो ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको सभापतिमा एकीकृत समाजवादीकी जयन्तीदेवी राइ र एमालेकी तुलसा कुमारी दाहालले उम्मेदवारी दिएकी हुन् ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादीकी मदनकुमारी शाहको उम्मेदवारी परेको छ ।

यो समितिमा शाहको मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन सोमबार हुनेछ ।