संसद्का दुवै सदनबाट ५ अध्यादेश स्वीकृत

संसद्का दुवै सदनबाट ५ अध्यादेश स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकबाट बुधबार स्वीकृत भएका ५ अध्यादेशलाई बिहीबार राष्ट्रियसभा बैठकले स्वीकृत गरेको छ ।

बिहीबार बसेको बैठकले ५ अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।

अध्यादेशले स्वीकृति संसद्को पाएपछि सरकारले अब अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन पाउने भएको छ । गत पुस १४ गते सहकारी सम्बन्धी अध्यादेश र पुस २९ गते सार्वजनिक सेवा र निजी क्षेत्रसँग सम्बन्धित ४ वटा अध्यादेश जारी गर्ने निर्णय भएको थियो । माघ १८ गते राष्ट्रपतिबाट अध्यादेश जारी भएका थिए ।

माघ २ गते निर्णय भएको भूमि सम्बन्धी अध्यादेश भने संसद्मा अगाडि बढ्न सकेन । जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध गरेपछि सरकारले भूमि अध्यादेशलाई रोकेको छ ।