संसद् सचिवालयले ६ दलसँग गर्‍यो छलफल

संसद् सचिवालयले ६ दलसँग गर्‍यो छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गरेको छ। बिहीबार अपराह्न सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसँग छलफल गरेको हो ।

संसद् सञ्चालन, शपथ ग्रहण, संसदीय दलको कार्यालय लगायतका विषयमा ६ दलका प्रतिनिधिसँग अनौपचारिक छलफल भइरहेको संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले जानकारी दिए।

परामर्शले नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय गरेको छ ।

शपथका लागि तोकिएको मितिभन्दा अघिल्लो दिन आएर शपथको व्यहोरासम्बन्धी फारम भरेर बुझाइदिन सचिवालयका तर्फबाट दलहरूलाई आग्रह गरिएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा ६ दल आएका छन्। अन्य दलले भने प्रत्यक्षतर्फ जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि ‘थ्रेसहोल्ड’ कटाउन सकेनन्।