संसद् भवनमा ‘सुरक्षा कमजोरी’ : आन्दोलनकारी घुसेको घटनामा छानबिन गर्न समिति गठन

संसद् भवनमा ‘सुरक्षा कमजोरी’ : आन्दोलनकारी घुसेको घटनामा छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले छानबिन समिति गठन गरेका छन् । समितिमा जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

संसद् भवनमा सुरक्षा कमजोरी भएको देखिएपछि छानबिन गर्न समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । ‘निषेधित क्षेत्रमा लघुवित्त प्रभावितहरू कसरी प्रवेश गरे भन्नेबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ,’ उनले भने ।