संघीय संसदको हिउँदे अधिवेशनको आज अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

संघीय संसदको हिउँदे अधिवेशनको आज अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं संघीय संसदको हिउँदे अधिवेशन अाज (आइतबार) अन्त्य हुँदैछ । पुष ११ गते सुरु भएको हिउँदे अधिवेशन सकिन लागेको हो ।संसद सचिवालय स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

दिउँसो एक बजे बस्ने बैठकमा राष्ट्रपतिबाट पठाइएको अधिवेशन अन्त्य भएको पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम छ । संसदको यो अधिवेशनले खासगरि संविधान अनुकुल बनाउनुपर्ने कानुनहरु अनुमोदन हुनुका साथै लगानी सम्मेलनलाई लक्षित गर्दै वैदेशिक लगानी सम्बन्धी कानुनहरु संशोधन सम्बन्धी विधेयक पारित गरेको छ ।