प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको बैठक बिहीबारबस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ।

बैठकमा आव २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्ने छन्।

यस्तै, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने छन्।

‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने छन्।

त्यस्तै, अर्थमन्त्री वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।