सांसद भट्टको पहलमा घाईते उद्धार गर्न दार्चुला हिंड्यो हेलिकप्टर, डडेल्धुराका घाईतेको पनि उद्दार गरिने

सांसद भट्टको पहलमा घाईते उद्धार गर्न दार्चुला हिंड्यो हेलिकप्टर, डडेल्धुराका घाईतेको पनि उद्दार गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दार्चुला जिल्लाको तेर्थालेकमा भएको मिनि बस दुर्घटनामा परेका घाईतेहरुको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । सांसद तथा पूर्व मन्त्रि लेखराज भट्टको पहलमा घटनास्थलमा हेलिकप्टर परिचालन गरिएको हो ।

शुक्रबार बिहान मालिकार्जुन मेलाबाट फर्किंदै गरेका यात्रु चढेको मिनि बस खलंगा जाँदै गर्दा दुर्घटनामा परेको थियो । हेलिकप्टरले आज बिहानै डडेल्धुरामा भएको अर्को दुर्घटनाका घाईतेको पनि उद्धार गर्ने छ ।

राती हेलिकप्टर जान नसक्ने भएपछि रडुवा खोलाका घाईतेहरुलाई थप उपचारका लागि पहल गर्न हेलिकप्टर पठाईएको सांसद भट्टले बताए । डडेल्धुराको रडुवा खोलामा हिजो बस दुर्घटना हुँदा १८ जना यात्रुको मृत्यु भएको थियो