संसद भवन अगाडि प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ

संसद भवन अगाडि प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ


काठमाडौं – संसद भवन अगााडि प्रदर्शन गरिरहेका २१ जना मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा संसद भवन अगाडि धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गेको हो।

पक्राउ हुनेहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी सल्लाहकारहरु होमकान्त चौलागाई, डा.गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जना लगायत छन्।

धर्नामा अधिकारकर्मीहरुले ठूला नेता मिलेका : साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार: साढे चार अरव भ्रष्टाचार, डा.केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार: मूल दोषीहरुलाई कारबाही गर, ढटुवा मन्त्री बर्खास्त गर लगायतका प्लेकार्ड बोकेका थिए।

साथै ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र अनसनरत गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयनको माग गर्दै मानवअधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए।