संसद् भवन निर्माण तीव्र

संसद् भवन निर्माण तीव्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुुपर्ने अवस्थाको अन्त्य हुुनेछ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुुमगन गर्नुुहुुँदै सरकारका महìवपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताउनुभएको छ । उहाँले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गर्नुभयो ।

वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ ।निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिनुभयो ।

१७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत छ अर्ब ९२ करोड रुपियाँ छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ । यसैबीच ललितपुरको सैँबु भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ ।

मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदैछ । राज्यमन्त्री मानन्धरले सोको पनि शुुक्रबार नै स्थलगत अनुुगमन गर्नुुभयो । राज्यमन्त्री मानन्धरले शुक्रबार नै गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पनि अवलोकन गर्नुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।