संसद् अधिवेशन आजबाट


काठमाडौँ – सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ः०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नुहुनेछ । याे समाचार गाेरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement