संसद्‌मा अनुपस्थित को कति बैठकमा गएनन् ? (सूचीसहित)

संसद्‌मा अनुपस्थित को कति बैठकमा गएनन् ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख २३ देखि बुधबारसम्म बसेको बैठकमा १० वटा भन्दा बढी अनुपस्थित हुनेको नाम सभामुख कृष्णबहादुर महराले सार्वजनिक गरेका हुन् । ३१ मध्ये कांग्रेसका मात्रै १४ जना सांसद छन् । नेकपाका ८, फोरमका ५ र राजपाका ४ जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित रहेको सभामुख कृष्णबहादुर महराले बैठकलाई जानकारी गराएका हुन् ।

७९ बैठकमा सबैभन्दा बढी अनुपस्थित हुनेमा फोरमका सुर्यनारायण श्रेष्ठ छन् । उनी ३९ वटा बैठकमा अनुपस्थित भएका छन् । महराका अनुसार कांग्रेसका पदमनारायण चौधरी ३३, सभापति शेरबहादुर देउवा ३२, अभिषेकप्रताप शाह २६, उमाकान्त चौधरी २२ नागेन्द्रकुमार २२, किशोर सिंह राठोर १९, जिपछिरिङ लामा १८, उमेश श्रेष्ठ १८, विनोद चौधरी १८, सितादेवी यादव १८, देवेन्द्र राज कडेल १३, उमा रेग्मी १२, सीताराम महत्तो ११ र शशांक कोइराला १० वटा बैठकमा अनुपस्थित भएका छन् ।

त्यस्तै नेकपाका सत्या पहाडी २४, पुष्पकमल दाहाल २१, सुरेशचन्द्र दास १८, गोपालबहादुर बम १६, शिवकुमार मण्डल १५, बिमला बिक १४, अमनलाल मोदी १२ र सुरेन्द्रकुमार कार्की १० वटा बैठकमा अनुपस्थित रहेको महराले बैठकमा जानकारी गराए ।

फोरमका सुर्यनारायण यादव ३९, रामबाबु यादव १९, सरिता गिरी १५, रुही नाज १५ र निरजला राउत ११ वटा बैठकमा अनुपस्थित भएका छन् ।

राजपाका प्रमोद साह २८, शरतसिंह भण्डारी ११, दुलारीदेवी खत्वेनी १० र अनिलकुमार झा १० वटा बैठकमा अनुपस्थित भएका छन् । बिहीबारको बैठकले अनुपस्थित हुने सांसदको सूचना स्वीकृतिको लागि सभामुख महराले प्रस्तुत गरेका थिए । अनुपस्थितिलाई सभाले स्वीकृत जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

को कति बैठकमा अनुपस्थित ?

फोरमका सुर्यनारायण यादव ३९

कांग्रेस पदम नारायाण चौधरी ३३

कांग्रेस शेरबहादुर देउवा ३२

राजपा प्रमोद साह २८

कांग्रेस अभिषेक प्रताप शाह २६

नेकपा सत्या पहाडी २४

कांग्रेस उमाकान्त चौधरी २२

कांग्रेस नागेन्द्रकुमार २२

नेकपा पुष्पकमल दाहाल २१

कांग्रेस किशोर सिंह राठोर १९

फोरम राम बाबु यादव १९

कांग्रेस जिपछिरिङ लामा १८

कांग्रेस उमेश श्रेष्ठ १८

कांग्रेस बिनोद चौधरी १८

कांग्रेस सितादेवी यादव १८

नेकपा सुरेशचन्द्र दास १८

नेकपा गोपाल बहादुर बम १६

फोमर सरिता गिरि १५

फोरम रुहि नाज १५

नेकपा शिबकुमार मण्डल १५

नेकपा बिमला बिक १४

कांग्रेस देवेन्द्र राज कडेल १३

नेकपा अमनलाल मोदी १२

कांग्रेस उमा रेग्मी १२

फोरम निरजला राउत ११

राजपा सरदसिंह भण्डारी ११

कांग्रेस सिताराम महत्तो ११

राजपा अनिल कुमार झा १०

कांग्रेस शशांक कोइराला १०

नेकपा सुरेन्द्रकुमार कार्की १०

राजपा दुलारीदेवी खत्वेनी १०