प्रहरीले हान्यो रबरको गोली, पत्रकारसहित ७ जना घाइते

प्रहरीले हान्यो रबरको गोली, पत्रकारसहित ७ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढासहित उक्त गेटको पर्खाल भत्काएपछि आगजनी गरेका हुन् ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न संसद भवन भित्रबाट लगातार रबरको बुलेट हानेको छ । गोली लागेर ६ जना घाइते भएका छन् । ३ जना प्रदर्शनकारीको खुट्टा, एक जनाको टाउको र अन्यकाे हात पाखुरामा गोली लागेको छ । उनीहरुको शिभिल अस्पतालमा उपचार भइरहेको छ । यस्तै एक जना पत्रकारकाे पनि हातमा गाेली लागेकाे छ ।

यस्तैमा काठमाण्डु महानगरपालिकाको एम्बुलेन्स घटनास्थलमा पुगेको छ ।