संसद् छलेर कर्मचारी समायोजन अध्यादेश

संसद् छलेर कर्मचारी समायोजन अध्यादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ। प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ।

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि भन्दै ल्याउन लागिएको अध्यादेशले सरकारलाई नै घाटा हुने विज्ञले बताएको छ। राष्ट्रपतिले अध्यादेशमा लालमोहर लगाएपछि कर्मचारी समायोजन सुरु हुनेछ। ६० दिनभित्र संसदबाट पारित नभए यो निष्क्रिय हुनेछ।

संविधानविद् डा.विपिन अधिकारीले संसद् बोलाउने टुंगो लागिसकेको अवस्थामा नियमित प्रक्रियाबाटै विधेयक ल्याउनु उपयुक्त हुने बताए। अध्यादेश सरकारका लागि प्रतिकूल हुने उनले बताए। संसद् बैठक नबसेको बेला जरुरी भए मात्र अध्यादेश जारी गर्न सकिन्छ।

संविधानको धारा ११४ को उपधारा १ मा भनिएको छ, ‘संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ।’ अध्यादेश ऐनसरह लागू हुन्छ। ‘अहिले सरकार विभिन्न विषयमा फसेको छ। सरकारको आलोचना गर्न अर्को एउटा मुद्दा थपिएको छ,’ अधिकारीले भने।  यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।