संसदमा पुष्पलाललाई पुष्पकमल दाहाल भनेपछि….

संसदमा पुष्पलाललाई पुष्पकमल दाहाल भनेपछि….

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्थानमा पुष्पकमल दाहाल भनेपछि संसदमा निमयापत्ति भएको छ ।

एमालेका सांसद किरण कुमार साहले पुष्पलाल श्रेष्ठ भन्नुपर्नेमा पुष्पकमल दाहाल भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले नियमापत्ती जनाएका हुन् तर, सांसद साहले तत्कालै भूल सुधार गर्दै आफूले बोलेका शब्द सच्चाएका थिए ।

साहले भनेका थिए, ‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल (पुष्पलाल)को ४६ औं स्मृति दिवसको उपलक्ष्यमा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।’ खासमा उनले पुष्पलाल नै भन्न खोजेका थिए तर भुलवश पुष्पकमल दाहाल भन्न पुगे ।

उनी बोल्दै गर्दा माओवादी केन्द्रका सचेतक पाण्डेले नियमापत्ती जनाएपछि सभामुख देवराज घिमिरेले साहलाई रोकेका थिए ।

त्यसपछि पाण्डेले भने,‘उहाँले पुष्पकमल दाहाल भन्नु भएको छ । के भन्न खोज्नु भएको हो ? वास्तवमा उहाँले कसरी लैजानु भएको हो? एउटा माननीयले बोल्दा आफूलाई के बोलिरहेछु भन्ने कुरा थाहा हुनुपर्छ भन्ने मलाई लाग्छ । यसबारेमा नियमापत्ती जनाउँछु ।’

त्यसपछि सभामुखले सांसद साहलाई आफूले बोलेको विषयमा प्रष्ट पार्न निर्देशन दिए । सभामुखले भने,‘माननीयज्यू तपाईंले बोलेको विषयमा नियमापत्ती आएको छ । के बोल्नु भएको हो? यस विषयमा स्पष्ट पार्नुहोस् ।’

जवाफमा साहले भने, ‘आफूले बोल्दै गर्दा पुष्पलाल भन्नुपर्नेमा पुष्पकमल दाहाल भनेकाले क्षमता चाहन्छु ।’ त्यसपछि उनले आफ्नो भनाइलाई अगाडि बढाएका थिए ।