संसद बैठक माघ २० गतेसम्मका लागि स्थगित

संसद बैठक माघ २० गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबारको संसद बैठक स्थगित भएको छ ।

कांग्रेसका सांसदहरु आ-आफ्नो स्थानमा उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले अर्को बैठक माघ २० गते आइतबार दिउँसो तीन बजेका लागि बोलाएका हुन्।

बैठक सुरु हुनासाथ कांग्रेस सांसद मिनेन्द्र रिजालले चिकित्सा शिक्षा विधेयकहरू सरकारले लिएको कदमप्रति आपत्ति जनाएका थिए।कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा लगायतका माग राख्दै संसद अवरुद्ध पारेको थियो ।