संसद सचिवालयलाई चाहियो २३ नयाँ गाडी, २२ करोड माग

संसद सचिवालयलाई चाहियो २३ नयाँ गाडी, २२ करोड माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्क्याएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ।

सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुई वटा एक करोड रुपैयाँभन्दा बढी मूल्यका र बाँकी २१ वटा स्कार्पियो जिप खरिदका लागि बजेट मागेको छ। माग गरिएका सबै गाडी किन्दा राज्यकोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाष तुम्बाहाम्फेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी माग गरिएको हो। स्कार्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद सचिवालयले जनाएको छ।

२३ वटा गाडी ३० वटा मोटरसाइक र ४३ थान कम्प्युटरका लागि अर्थसँग २२ करोड रुपैयाँ बजेट माग गरेको सचिवालयले जनाएको छ। अर्थले भने अहिलेसम्म जवाफ पठाएको छैन्। संसद् सचिवालयले एक महिना अघि नै अर्थलाई पत्र पठाए पनि कुनै जानकारी नआएको सचिवालयका प्रवक्ता डा।

रोजराज पाण्डेले बताए। उनले भने ‘ २३ गाडी, ३० मोटरसाईकल र ४३ कम्प्युटर खरिदका लागि अर्थसँग बजेट माग गरिको छ। कतिपय गाडी पुराना र मर्मत गरिरहनुपर्ने अवस्थामा पुगेका छन्। ती गाडी समिति सभापतिलाई दिन सुरक्षाका हिसाबले पनि त्यति उचित हुँदैन।’ यो खबर आजको नागरिक दैनिकमा छ ।