संसद्को दुई संयुक्त समितिका सभापति आज चयन हुने

संसद्को दुई संयुक्त समितिका सभापति आज चयन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-संघीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुँदै छ । हिजो संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेले उम्मेदवार दिएका छन् । उनीहरुको एकल उम्मेदवार परेकाले सर्वसम्मत चयन हुन लागेका हुन् ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुई वटै समितिको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । समितिको सभापति पदको निर्वाचन सम्बन्धका लागि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको पहिलो बैठक कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ ।