सांसद यादवले दिए पदबाट राजीनामा


काठमाडौं – प्रतिनिधिसभाका सांसद डा.सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । सप्तरी १ बाट निर्वाचित भएका सांसद यादवले स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिएको बताए ।

उनले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले जानकारी दिए । तर उनको राजिनामा स्वीकृत हुन बाँकी छ । उनी समाजवादी पार्टीका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement