माग पूरा नभए संघर्ष : संसद कर्मचारी

माग पूरा नभए संघर्ष : संसद कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद सचिवालय कर्मचारी युनियनले आफ्ना माग पूरा नभए संघर्ष गर्ने चेतावनी दिएको छ । संघीय संसद सचिवालयका कर्मचारीको छाता संगठन युनियनले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले गत मंगलबारका विभिन्न निर्णय सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ ।

युनियनका अध्यक्ष मेघराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा समितिले गरेको निर्णय सार्वजनिक नगरिनुले शंका उत्पन्न भएको उल्लेख छ । समितिले गरेको निर्णय कर्मचारीको हकहित विपरीत भएको हुनसक्ने भन्दै युनियनले निर्णय अस्वीकार गर्ने र संघर्ष गर्ने जनाएको हो ।

युनियन अध्यक्ष अर्यालले वर्तमान अवस्थाको अध्ययन गरी सुविधा नदिए आफूहरु चुप लागेर नबस्ने बताउनुभयो । यसअघि व्यवस्थापिका संसद रहँदा नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन ९संघ० का अध्यक्ष रहनुभएका शाखा अधिकृत होमनाथ पहाडीले कर्मचारीलाई अतिरिक्त काम लगाएबापत थप सुविधाको माग गर्न नछोड्ने बताउनुभयो ।

‘हामीलाई जुन जिम्मेवारी दिएको छ त्यो पूरा गरेका छौं तर सुविधा नथपिदिने हो भने अब काम गर्न सकिँदैन’ पहाडीले भन्नुभयो ’पहाडीले भन्नुभयो ‘हामीले मागेजति दिन नसकिएला तर पाइरहेको तलबमा मात्र काम गर भन्नु मानवीय हिसावले पनि अव्यवहारिक हुन्छ ।’ संघीय संसदको तेस्रो अधिवेशन सुरु हुनुभन्दा अघि नै युनियन र कर्मचारीले व्यवस्थापन केन्द्रसहित, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत अन्यलाई भेटेर आफ्नो समस्याबारे जानकारी गराएका थिए ।

कर्मचारीहरुले ४ बजे कार्यालय समय सकिएको भन्दै संसदीय सुनुवाई समितिको बैठक नै छोडेर पनि हिँडेका थिए । व्यवस्थापन समितिले आफूहरुका माग सुन्ने आश्वासन दिएपछि पछिल्लो समयमा संघर्षका कुनै पनि कार्यक्रम नगरिएको पहाडीले बताउनुभयो । व्यवस्थापन समितिका सदस्य तथा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कर्मचारीका जायज माग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताउनुभयो । यो समाचार आजको समाचारपत्रमा छ ।