काठमाण्डु-संसदीय सुनुवाइ समितिले आज चार देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्दैछ ।
११ बजे बस्ने समितिको बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ हुन लागेको हो ।
समितिले यसअघि पटक पटक गरेर १७ मध्ये १३ राजदूतको सुनुवाइ सकेको छ ।
समितिले आजै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवका बारेमा १० दिने म्याद राखेर उजुरी आह्वान गर्ने समेत तयारी गरेको छ ।
गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत सिफारिस गरेको थियो । तर, कांग्रेसको कोटाबाट सिफारिसमा परेकी प्रस्तावित राजदूत कान्ता रिजालको नाम हटाएर सुनुवाइ समितिमा सुनुवाइका लागि सरकारले नाम पठाएको थियो ।




प्रतिक्रिया