काठमाण्डु– संघीय संसद् अन्तर्गतका १२ वटा समितिले सभापति पाएका छन्। शुक्रबार भएको निर्वाचनबाट प्रतिनिधि सभाका १० र दुवै सदनका दुई वटा संयुक्त समितिले सभापति पाएका हुन्।
निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए भने दुई वटामा निर्वाचन भएको थियो ।
९ वटा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्वसम्मत सभापति बनेकाहरु :
-राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल
-कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा
-अर्थ समितिमामा डा. कृष्णहरि बुढाथोकी
-अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास
-उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी
-कानुन र न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा
-महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी
-पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल
-कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी
यस्तै सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का पनि निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। यो दुवै सदनको संयुक्त समिति हो।
यस्तै, शिक्षा समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएकी छन्। यो समितिको सभापतिमा नेकपा (एमाले)का गुरुप्रसाद बरालले पनि उम्मेदवारी दिएका थिए।
यता राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाकै गणेश कार्की निर्वाचित भएका छन्। यो समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की मदनकुमारी शाह (गरिमा) ले उम्मेदवारी दिएकी थिइन्।




प्रतिक्रिया