चार वटा संसदीय समितिको बैठक बस्दै

चार वटा संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रतिनिधिसभा अन्तर्गतको आज चार संसदीय समितिको बैठक बस्दैछ । जसअन्र्तगत अहिले बिहान ११ बजे बस्ने कानून, महिला र पूर्वाधार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुँदैछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ । ११ बजे नै बस्ने पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुँदैछ ।

बिहान ११ः३० मा बस्ने कृषि समितिको बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।