प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ : पहिलो चरणको बैठक सकियो, दिउँसो फेरि बस्ने

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ : पहिलो चरणको बैठक सकियो, दिउँसो फेरि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठक सकिएको छ ।

सिंहदरबारमा मंगलबार बिहान बसेको बैठकमा विपक्षी दलका सांसदहरूले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफलबिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त नहुने बताएपछि पहिलो चरणको बैठक सकिएको हो ।

बैठकले सुनवाइका लागि नयाँ कार्यतालि पनि तउ गरेको छ । जसअनुसार समितिले उजुरीकर्तासँग प्रत्यक्ष छलफल सुरु गर्नेछ ।

शर्माविरुद्ध प्राप्त भएका १६ वटा उजुरीका सम्बन्धमा उजुरीकर्ताका गुनासा र उनीहरूका भनाइ सुन्नका लागि यो समय तोकिएको हो ।

त्यसपछि दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सुनुवाइका लागि बोलाइएको छ । शर्माले आफ्नो ६ वर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गर्नेछन् भने सांसदले उनीमाथि प्रश्नोत्तर गर्नेछन् ।

यसअघि बसेको बैठकमा एमाले र नेकपाका सांसदहरूले उजुरी र कार्ययोजना अध्ययनका लागि पर्याप्त समय नभएको भन्दै सुनुवाइ प्रक्रिया स्थगित गरेर बुधबाका लागि बैठक सार्न माग गरेका थिए । तर, समितिले उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश दुवैको सुनुवाइ प्रक्रियालाई मंगलबार नै निरन्तरता दिने निर्णय गरेको हो ।