काठमाण्डु- नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट थाहा पाउनको लागि आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । सांसद चौधरीले सिम्बोल नम्बर नभेटिएका कारण आफ्नो रिजल्ट हाल सम्म थाहा नपाएको काठमाण्डु पाटीलाई बताइन् ।
काठमाण्डुपाटीसँग कुरा गर्दै उनले भनिन् , ‘रिजल्ट के भो भनेर थाहा पाउन म एकदमै उत्सुक छु । तर मेरो सिम्बल नम्बर नै भेटाइन । त्यसैले मेरो कक्षा १२ को नतिजा कस्तो आयो थाहा पाएकी छैन् । नम्बर आएपछि खबर गर्छु ।’
गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् ।




प्रतिक्रिया