सन्तबहादुरले ब्युताए नेकपा ‘मशाल’, मोहनविक्रम र चित्रबहादुर निष्कासित

सन्तबहादुरले ब्युताए नेकपा ‘मशाल’, मोहनविक्रम र चित्रबहादुर निष्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (मसाल) औपचारिक रुपमै विभाजित भएको छ । मसालको असन्तुष्ट समूहले लुम्बिनीमा छुट्टै महाधिवेशन गरेर नाम र नेतृत्व परिवर्तन गरेको हो ।

महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । यससगै अब यसपार्टीको नाम नेकपा (मशाल) रहनेछ ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै महासचिव नेपालीले मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको बताए ।