काठमाण्डु – लुम्बिनी प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सन्तोष पाण्डे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।
लुम्बिनीमा एमाले–कांग्रेसको गठबन्धन सरकार बनेको १ वर्षपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
यसअघि एमाले र कांग्रेसलाई बाँडफाँट गरिएका मन्त्रालयहरूमा मन्त्रीहरू नियुक्त भए पनि साना दलको भागमा परेको युवा तथा खेलकुद मन्त्रालय रिक्त थियो ।
नवनियुक्त मन्त्री पाण्डेले सोमबार लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।




प्रतिक्रिया