सन्तोष दासको कोठामा पेस्तोलको म्याग्जिन बरामद

सन्तोष दासको कोठामा पेस्तोलको म्याग्जिन बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – सन्तोष दासको कोठाबाट प्रहरीले पेस्तोलको म्यागजिन बरामद गरेको छ । दासलाई यही भदौ १७ गते राति प्रहरीले गोली हानेर हतियारसहित पक्राउ गरेको थियो ।

वीरगञ्ज महानगरपालिका-१६ ईनर्वा बस्ने तत्मा सत्यराज योगी भनेर चिनिने २६ वर्षीय सन्तोषको कोठा खानतलासी गर्दा म्यागेजिन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीलाई बन्दुक देखाएर भाग्दै गरेको अवस्थामा सन्तोषलाई वीरगञ्ज राधेमाई क्षेत्रबाट दुई दिनअघि घुँडामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।