काठमाण्डु – स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा सन्तोष कुमार देवकोटा नियुक्त भएका छन । डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका हुन् ।
देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकाबीच स्वागत गरेको छ । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ । देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । उनी हाम्रो पात्रोका पूर्व संस्थापक एमडीको भूमिका निभएका छन् भने नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजम – NepGasm Comedy’का संस्थापक निर्देशक समेत हुन ।
२०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए । एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन ।




प्रतिक्रिया