धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेपछि एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरे।

मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका आजबाट आफ्नो जिम्मेवारी संहालेका हुन् ।

पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले पुँजीबजार विकासका लागि दिनरात नभनेर लागिपर्ने संकल्प पनि गरे।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।