सन्तोषीले बनाइन् म्याराथनमा नयाँ कीर्तिमान

सन्तोषीले बनाइन् म्याराथनमा नयाँ कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

४२ दशमलव १९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथनमा राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन् ।

लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२ घन्टा ४६ मिनेट २६ सेकेन्ड) मा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन् । भ्यालेन्सिया म्याराथनमा विश्वभरका ८ हजार ९ सय २१ महिला एलिट रनरहरु सहभागिता थियो ।

त्यसमा सन्तोषी ८०औं स्थानमा रहन सफल भइन् । सन्तोषीले पछिल्लो ८ महिनाभित्र ५ वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।