काठमाण्डु – मंगलबार काठमाण्डुको दक्षिणकाली मन्दिर परिसरमा मृत भटिएकी युवती सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवा पक्राउ परेका छन् ।
प्रहरीले दक्षिणकालीस्थित वर्कशपमा कार्यरत सिन्धुपाल्चोक घर भएका सुरेश तिमल्सिनालाई पक्राउ गरेको हो । आज पत्रकार सम्मेलन गरेर तिमल्सिनालाई सार्वजनिक गर्ने तयारी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट सन्तोषीको शव फेला पारेको थियो । प्रहरीका अनुसार टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो । सन्तोषी पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी थिइन् ।




प्रतिक्रिया